शुक्रवार राति गएको बिनाशकारी भुकम्पका कारण प्रभावित छिमेकि जिल्ला रुकुम पश्चिम र जाजरकोेट लगाएतका जिल्लाहरुमा रुकुम(पूर्व) बाट राहत सामाग्री पठाइने भएको छ । आज शनिबार रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयमा विपद व्यवस्थापन समितिले एकद्धार प्रणाली मार्फत राहत पठाउने निर्णय गरेको हो । जिल्ला स्थित स्थानिय तह, सरकारी तथा गैरसरकारी निकाय, सामाजिक संघ, संस्था र निजि क्षेत्र लगाएत आम नागरिकहरुले रुकुमपूर्व जिल्लाबाट अन्यत्र सहयोग स्वरुप खाद्य र गैरखाद्य बस्तुहरु आइतवारदेखि जिल्लाको विपद व्यवस्थापन समितिमा अभिलेख राखेर बितरण गर्ने जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वी भागले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको अध्यक्षामा शनिवार प्रशासनमा बसेको बैठकले उक्त निर्णयहरु पारित गरेको थियो । रुकुमपूर्वको हकमा भने मानविय क्षेति नभएको र भौतिक क्षेतिको बारेमा तथ्थांक संकलन गरि तत्कालिन समस्या समाधानका लागि समन्वय गरिने भएको छ । रुकुम पश्चिम र जाजरकोट जिल्लामा भुकम्पको कारण क्षतिमा परि मृत्यु हुनेहरुलाई दिवंगत आत्माको चिर शान्तिको कामना सहित जिल्लाले दुख व्यक्त गरेको छ ।
विपद व्यवस्थापन समितिले रुकुमपूर्वका जिल्लाभरी भुकम्प प्रभावितहरुको तथ्थांक संकलन गरिरहेको छ । रुकुमपूर्व जिल्लामा पनी क्रमिक रुपमा खोज, उद्धार, राहत र पुर्नउत्थानको कामहरु गरिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभएको छ । यसै सन्र्दभमा भुकम्पबाट अति प्रभावित क्षेत्रमा कर्मचारी मिलन केन्द्र रुकुमपूर्वको तर्फबाट ५० हजार रुपैँया राहत स्वरुप उपलव्ध गराउने प्रतिवद्धता समेत गरेको छ । रुकुमपूर्वले जाजरकोट र रुकुमपश्चिमको जिल्ला प्रशासन कार्यालयको विपद व्यवस्थापन समितिमा एकद्धार प्रणालिमा दिइने जनाइएको छ । यस्तै विपद व्यवस्थापन समितिले रुकुमपूर्व जिल्लामा भकम्पले पु¥याएको क्षतिको बिवरण नेपाल प्रहरी संगको समन्वयमा यथाशिघ्र संकलन कार्यमा जिल्ला स्थित प्राविधिक जनशक्ति परिचालन गरिने भएको छ ।
भुकम्प प्रभावित जिल्लाहरुमा समन्वय गरि प्रभावितहरुलाई उद्धार उपचार र राहत उपलव्ध गराउने सन्र्दभमा जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले आवस्यक समन्वय गर्नेछ । रुकुमपूर्व जिल्लाभित्र भुकम्पका कारण बस्न अयोग्य घरहरुको प्राप्त बिवरणको आधारमा समन्वयात्मक रुपमा त्रिपाल लगाएतका सामाग्रीहरु रेडक्रसले व्यवस्था मिलाउनेछ । भुकम्पबाट क्षति भएका घरहरुको अवस्था एकिन गरी बसोवासका लागि सुरक्षित भए नभएको पहिचान गर्न जिल्ला विपद व्यवस्थापन समिति स्थानिय तह र नेपाल रेडक्रस सोसाइटिको समन्वयमा प्राविधिक जनशक्ति तत्काल परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकमा पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती, भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, सुरक्षा निकाएका प्रमुख तथा प्रतिनिधि, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बराल, नेकपा एमालेका प्रतिनिधि कैलाश कुमार मल्ल लगाएत जिल्लाका सबै राजनितिक दलहरुका प्रमुख तथा प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।