काठमाडाैँ । अमेरिकामा ह्रदयघातका कारण अल्पायुमै ज्यान गुमाएका कुशुम केसीका नाबालक छोरा-छोरीलाई आर्थिक सहयोग गरिएको छ ।
रुकुम पुर्व सिस्ने गाउँ पालिका वडा ७ नाथिगाड स्थायी घर भई अमेरिका पुगेको छोटो समयमै २०२२नोभेम्बर ३ मा ह्रदयघातबाट ज्यान गुमाएका केसीका छोरा-छोरिलाई आर्थिक सहयोग गरिएको हो ।
मृतक केसीका श्रीमती, १ छोरा र १ छोरी छन ।
समाजसेवी युवा प्रेम बहादुर रावतको पहलकदमीमा अमेरिकामा बस्दै आएका नेपाली १२३ जना युवाहरुबाट १७ लाख ४ हजार आर्थिक संकलन भएको हो ।
नाबालकको पढाइलेखाइमा सहयोग पुर्याउने उद्देश्यका साथ संकलन गरिएको आर्थिक सहयोग रकम कुमारी बैंक काठमाडाै थानकोट शाखामा आमा विष्णु केसीको रोहबरमा “कुमारी धनबृद्धि 5x प्रिमियम खाता” खोलेर छोरा प्रिन्स केसी र छोरी प्रिन्सेस केसी नाममा ८ लाख बाउन्न हजारका दरले १७ लाख चार हजार १४ बर्षका लागी फिक्स डिपोजिट गरिएको पहलकर्ता रावतले जानकारी दिए ।
१४ बर्षमा ४२ लाख ६० हजारका दरले ८५ लाख २० हजार प्राप्त गरेपछी खाता स्वत: निष्क्रिय हुनेछ । सहयोग प्राप्त गरेपछि पीडित परिवारले सहयोग गर्नेहरुलाई धन्यवाद दिएको छ । रोजगारीका क्रममा श्रीमानको मृत्यु भएपछि समस्या भएको अवस्थामा विभिन्न व्यक्तिहरुको सहयोगमा छोरा र छोरीको नाममा पैसा आएपछि उनिहरुको उच्च शिक्षा प्राप्तीमा सहयोग पुग्ने भन्दै कुशुमकी श्रीमती विष्णु केसीले सहयोग गर्नेहरुलाई धन्यवाद दिनुभयो ।
आर्थिक सहयोग गर्नु हुने नामको विवरण हेर्नुहोस्
Copyright © 2024, All Rights Reserved | Developed By Webbank Nepal Pvt.Ltd