रुकुम (पूर्व) को सिस्ने गाउँपालिकामा स्नोकर टुर्नामेन्ट सम्पन्न भएको छ । जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेबाट सुरु भएको स्नोकर टुर्नामेन्ट मंगलबार ३ गते सम्पन्न भएको हो ।
टुर्नामेन्टमा रुकुम (पश्चिम) का निरु बुढामगरले प्रथम स्थान हासिल गर्दै १५ हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । यस्तै रुकुम (पश्चिम) कै सुन्दर भण्डारीले दोस्रो स्थान हासिल गर्दै १० हजार नगद प्राप्त गर्दा सिस्ने गाउँपालिका ६ का सागर विसीले तेस्रो हुँदै पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको योङ कम्यूनिष्ट लिग (वाइसीयल) रुकुम (पूर्व) का जिल्ला संयोजक तिलक रेउले भाष्करले जानकारी दिनुभयो ।
२७ औ जनयुद्ध दिवसको अवसर पारेर वाइसीयल सिस्ने गाउँपालिकाले स्नोकर टुर्नामेन्टको आयोजना गरेको थियो । टुर्नामेन्टमा रुकुम (पूर्व) र (पश्चिम) का गरी १५ टिमले प्रतिस्पर्धा गरेका थिए ।