
रुकुम(पूर्व) को भूमे गाउँपालिकामा महाशिवरात्री विशेष मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता समपन्न भएको छ । गाउँपालिकाका कर्मचारीहरुको आयोजनामा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको हो । गाउँपालिकाको केन्द्र खाबाङ बगरमा सञ्चालन गरिएको मैत्रिपूर्ण प्रतियोगितामा भूमे गाउँपालिकाका कर्मचारी संजिव खड्का र ओपबहादुर विकको जोडि विजेता बनेको छ ।
यस्तै सिटिजन बैंकका कर्र्मचारी दुर्गाबहादुर डाँगीको जोडि उपविजेता बनेको छ । प्रतियोगितामा विजेतालाई खसी पुरस्कार दिइएको छ भने उपविजेतालाई दुई हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिातमा भूमे गाउँपालिकासहित, सिस्ने र पुथाउत्तरगंगा गाउँपालिका र सिटिजन बैंकका कर्मचारीहरुले सहभागिता जनाएका थिए ।
मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगितामा १४ समुहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले उद्धघाटन गर्नुभएको थियो भने समापन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत उपेन्द्र यादवले पुरस्कार वितरण गर्नुभएको थियो ।