रुकुम(पूर्व) मा जिल्ला स्तरीय १३ औ राष्ट्रपती कप रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ । आज गाउपालिकाको वडा नम्बर ५ स्थित रुक्मिणी माविको खेल मैदानमा प्रतियोगिता उद्घघाटन गरिएको हो । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले ब्यानर पढेर गर्नु भएको थियो ।

जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित रनिङ शिल्ड प्रतियोगिता आजदेखी आगामी १८ गतेसम्म रुक्मिणी माविको रंगशालामा संचालन हुने आयोजकले जनाएको छ । विभिन्न विधामा सन्चालन हुने प्रतियोगिताहरु आज देखि नै सुरु भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरिबहादुर थापाले बताउनु भयो । प्रतियोगिता तर्फ छात्रछात्रा भलिबल, कपड्डि, एथलेटिक्सतर्फ १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, छात्रछात्रा ज्याबलिङ थ्रो, लङ्ग्जम्प, त्रिपलजम्प, हाइजम्प र सट्फुट प्रतियोगिता सन्चालन गरिने थापाले बताउनु भयो ।

साथै उक्त खेलबाट छनोट भएका खेलाडीहरुलाई यहि असार २४,२५ र २६ गते हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रत्येक गाउपालिकाबाट २÷२ वटा समूहलाई सहभागी गराइएको छ । सिस्ने गाउपालिकाबाट १०८, भुमे गाउपालिकाबाट ५४ र पुथा उत्तरगङ्गा गाउपालिकाबाट ७५ जना खेलाडीहरु सहभागी भएका छन ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हरिबहादुर थापाको अध्यक्षतामा रहेको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने भुमे गाउपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ र पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुणिराज घर्तीको विशेष आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा भुमे गाउपालिका उपाध्यक्ष सबिना बुढा मगर, पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा, सिस्ने गाउपालिकाका कार्यबाहक अध्यक्ष सुर्यबहादुर नेपाली, प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, अनुसन्धान डिएसपी सन्जिवकुमार चौधरी, सशस्त्र प्रहरी डिएसपी सुदन आचर्य, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतम लगाएतको उपस्थित रहेको थियो ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कमल चन्दको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन खेलकुद विकास समितिका कोषाध्यक्ष गोपाल सुनारले गर्नुभएको थियो ।