जिल्ला खेलकुद विकास समिति रुकुम(पूर्व) को अध्यक्षमा नामेन्द्र सुनार नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्ले सुनारलाई जिल्ला खेलकुद विकास समिति रुकुम(पूर्व) को अध्यक्षमा नियुक्त गरेको हो ।
यस्तै समितिको उपाध्यक्षमा गोर्खलाल खड्का र कोषाध्यक्षमा राजकुमार बुढा नियुक्त हुनु भएको छ । यस्तै समिर शाह, माधव केसी, शेर बहादुर सुनार, चन्द्र बहादुर वि.सी, निर्मला बुढा र रविना घर्तीलाई सदस्यमा नियुक्त गरिएको छ । लुम्बिनी प्रदेश सरकारले यसअघि प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा जय प्रकाश भट्टरालाई नियुक्त गरेको थियो ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश खेलकुद विकास परिषदलाई पूर्णता दिँदै प्रदेश भित्रका १२ जिल्लाको समिति गठन गरेको हो । प्रदेश खेलकुद विकास ऐन २०७६ को दफा १३ को उपदफा १ तथा प्रदेश खेलकुद नियमावली २०७८ को नियम १० को १ मा भएको व्यवस्था बमोजिम सुनारलाई अध्यक्षमा नियुक्त गरेको प्रदेश खेलकुद परिषद लुम्बिनीले जनाएको छ ।