रुकुम(पूर्व) मा १४ औ जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्ड पुथा उत्तरगंगा गाउँपालिका १० को तकमा सुरु भएको छ । शिल्डको आज प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर घर्तीले उद्धघाटन गर्नुभएको हो ।

तीन वटै पालिकामा पालिकास्तरीय राष्ट्रपती रनिङ शिल्ड सम्पन्न भएलगत्तै जिल्लास्तरीय शिल्डको उद्धघाटन गरिएको हो । १६ गतेसम्म चल्ने शिल्डमा विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिने छन् ।

शिल्डमा छात्रछात्रा भलिबल, एथ्लेटिक्सतर्फ छात्रछात्रा १००, २००, ४००, ८००, १५०० र ३००० हजार मिटरको दौड, छात्रछात्रा ज्याब्लिन थ्रो, हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, सटफुट प्रतियोगिता सञ्चालन गरिने छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नामेन्द्र सुनारको अध्यक्षतामा भएको शिल्लड उद्धघाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य पूर्ण बहादुर घर्तीको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद सुरुल पुन मगर, दिलकुमारी बुढा मगर, सरिता पुन मगर, एमुना रोका मगरको विशेष आतीथ्यता रहेको थियो ।

यसैगरी जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, उपप्रमुख मोहनबहादुर केसी, भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा, पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढालगाएत विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सुरक्षाकर्मी, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन पुथा उत्तरगंगा गाउँपालिका ५ नम्बर वडाका वडाध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टिकासाई घर्तीले गर्नुभएको थियो ।