रुकुम पूर्वको सिस्ने गाउँपालिकाले १५ औ राष्ट्रपती रनिङ शिल्डमा सहभागी खेलाडीलाई बधाई तथा सुभकामना दिएको छ । भूमे गाउँपालिकाको महत रंगशालामा भएको १५ औ जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्डमा सहभागी भई दोस्रो स्थान हासिल गर्न सफल सिस्ने गाउँपालिकाको प्रतिनिधित्व गरेर गएका खेलाडी‚ प्रशिक्षक‚ रेफ्री तथा शिक्षकहरुलाई गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको हो ।

सिस्ने गाउँपालिकाले जिल्लास्तरीय १५ औ राष्ट्रपती रनिङ शिल्डमा १० स्वर्ण‚ ११ रजत र ८ कास्य गरी २९ पदक जित्न सफल भएको थियो । शिल्डमा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेर मेडल तथा पुरस्कार जित्न सफल खेलाडीलाई बधाई तथा शुभकामना दिदै सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले प्रदेशमा छनोट भइ जानेलाई सफलताको शुभकामना दिनुभएको छ । उहाँले खेलाडीहरुलाई खेल क्षेत्रमा निरन्तर लाग्न र खेल क्षेत्रबाटै आफ्नो पहिचान बनाएर जिल्लाको नाम रोसन गर्न आग्रह गर्नुभएको छ । खेल क्षेत्र र खेलाडीको क्षमता विकासको लागि गाउँपालिका गम्भिर भएर लाग्ने पनि उहाले बताउनुभएको छ ।

सिस्ने गाउँपालिकाका उपाध्यक्ष रेउलेको अध्यक्षतमा भएको खेलाडीलाई बधाई तथा शुभकामना कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रेवत बुढाथोकी‚ रुक्मिणी माध्यामिक विद्यालय र जनता मावि पोखराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष‚ खेल प्रशिक्षक‚ खेलाडी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले गर्नुभएको थियो ।