सिस्ने गाउँपालिकामा सञ्चालित छैटौँ राष्ट्रपति रनिङ शिल्ड अझै सुरु हुन सकेको छैन । आइतबार बिहान १० बजे देखि उक्त शिल्ड रोकिएको हो । रुक्मिणी मावि र त्रिभुवन जनता मावि बिच विवाद हुँदा शिल्ड रोकिएको सिस्ने गाउँपालिकाले जानकारी दिएको छ । आक्षतबार बिहान भएको चार गुणा एक सय मिटरको रिले दौडमा रुक्मिणी मावि र त्रिभुवन जनता मावि छिप्रीदह बिच दौड प्रतियोगितामा विवाद हुँदा शिल्ड रोकिएको हो ।

हिजोदेखी शिल्ड व्यवस्थापन समिति गाउँपालिका र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरू बिच निरन्तर छलफल भइरहेको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले पूनः शिल्ड सञ्चालनको तयारी गरिरहेको छ ।

सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड गत २४ गते बिहीबारदेखि सुरु भएको थियो । रुक्मिणी माविका अध्यक्ष ओमप्रकाश थापा र त्रिभुवन जनता मावि छिप्रिदहका शिक्षक तुल्सीकेस गौतमबीच हात हालाहालकाे स्थिति बनेपछि विवाद चर्किएको थियो । विवाद दुई विद्यालयका अन्य शिक्षक तथा विद्यार्थीहरु बीच पनि भएको थियो ।